नेपाल प्रज्ञा प्रतिष्ठानको ६० औँ वार्षिकोत्सवको अवसरमा पुस्तक तथा शब्द कोष विमोचन

काठमाडौं, असार ९ ।
नेपाल प्रज्ञा प्रतिष्ठानको हीरक जयन्ती समापन ६० औँ वार्षिकोत्सव एवं राष्ट्रिय कविता महोत्सव २०७४ को अवसर पारी अतुलनीय योगदान दिने विशिष्ट व्यक्ति तथा कविहरूलाई सम्मान गरिएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानको सभा कक्षामा आयोजना गरिएको उक्त कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गंगा प्रसाद उप्रेतीद्वारा दियो प्रजोलन गरी उद्घाटन गरिएको हो । प्रतिष्ठानलाई अतुलनीय योगदान दिने विशिष्ट व्यक्ति तथा राष्ट्र कविहरूलाई प्रसंशा पत्रसँगै नगद प्रधान गरी सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरू राष्ट्रकवि माधव प्रसाद घिमिरे, संस्कृतिविद् सत्यमोहन जोशी, वासु देव त्रिपाठी, वैरागी काइँला र अन्य विशिष्ट कर्मचारीहरू रहेका छन् ।
हीरक जयन्तीको उपलक्ष्य पारी इतिहास झल्कने पुस्तक, विभिन्न शब्द कोष गरी २७ वटा पुस्तकहरूको विमोचन पनि गरिएको थियो ।
सो कार्यक्रममा राष्ट्रकवि माधव प्रसाद घिमिरेबाट कविता वाचन गरेर कविता महोत्सवको प्रारम्भ गरेका थिए ।
प्रतिक्रिया