राप्रपाले बागी उम्मेदवारको साधारण सदस्यता समेत खारेज गरिने

प्रकाशित मिति: १० असार २०७४, शनिबार ११:१५


काठमाडौं, असार १० ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पार्टीले उठाएका उम्मेदवारविरुद्ध बागी भएर उठ्ने कार्यकर्ताको साधारण सदस्यसमेत खारेज गर्ने भएको छ ।

पार्टीले स्थानीय तहमा सङ्गठन निर्माणमा गरेको दुःख र त्यागको मूल्याङ्कन गरी टिकट दिएका उम्मेदवारलाई पराजित गराउने उद्देश्यले उठेका स्थानीय नेता तथा कार्यकर्तालाई कारबाही गर्ने नीति लिएको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए ।

पार्टीले यहीँ असार १४ गते हुने तीन सय ३४ स्थानीय तहको निर्वाचनमा पार्टी मातहतका जनवर्गीय सङ्गठनलाई स्थानीय नगर तथा वडास्तरीय निर्वाचन समितिसँग समन्वय गरेर प्रचारप्रसार गर्न निर्देशन दिएको छ ।

पहिलो चरणको निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसार सफलता प्राप्त गर्न नसकेपछि यस पटकको निर्वाचनमा विभिन्न प्रचारप्रसारका कार्यक्रमका साथै राजनीतिक गतिविधि तथा अभियान सञ्चालन गरिरहेको प्रवक्ता भुवन पाठकले जानकारी दिए ।

उनकाअनुसार करिब तीन सय स्थानीय तहमा पार्टीका तर्फबाट उम्मेदवार दिइएको छ । पार्टीले जित्ने सम्भावना नभएका स्थानमा अन्य दललाई सहयोग गर्ने र जित्न सक्ने स्थानमा अरु दलको सहयोग लिएर तालमेल गर्ने नीति लिएको छ ।

यस पटक पार्टीका शीर्ष नेतृत्व तथा पदाधिकारी पनि चुनाव प्रचारप्रसारका क्रममा विभिन्न जिल्लाको दौडाहामा रहेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

बुधबारदेखि काठमाडाैं उपत्यकामा हल्का वर्षाकाे सम्भावना, वर्षासँगै प्रचण्ड गर्मीमा राहत

काठमाडाैं, जेठ २७ । जल तथा मौसम विज्ञान विभागले भाेलि बुधबारदेखि हल्का वर्षाको सम्भावना.....