सुदूरपश्चिम क्षेत्रको विकासका लागि कटिवद्ध छु : प्रधानमन्त्री देउवा

प्रकाशित मिति: १० असार २०७४, शनिबार १५:५४


कञ्चनपुर, असार १० ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको बेलौरी बजारलाई नमुना सहरका रूपमा विकसित गरिने बताएका छन् ।

कञ्चनपुरको पूर्नबासमा नेपाली कांगेसद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले बेलौरीलाई नमुना सहरका रूपमा विकसित गरी यहाँ बसोवास गर्दै आएका बासिन्दालाई समृद्ध बनाइने बताए ।

भारतसँग जोडिएका सीमा क्षेत्रमा रहेका समस्या समाधान गर्न आफू प्रतिवद्ध रहेको उनले बताए । सीमा क्षेत्रमा कुनै पनि नेपालीमाथि ज्यादति हुन दिइने छैन उनले भने ।

सुदूरपश्चिम क्षेत्रको विकासका लागि कटिवद्ध रहेको बताउँदै प्रधानमन्त्री देउवाले महाकालीमा पक्की पुल निर्माण र पञ्चेश्वर परियोजना सञ्चालनका लागि कार्य अगाडि बढाइने उल्लेख गरे ।

बेलौरी कलुवापुर दू्रतमार्ग निर्माणको कार्य अगाडि बढाउनका लागि पहल भइसकेको उल्लेख गर्दै उनले आदिवासी राना थारू समुदायको संस्कृति संरक्षणका लागि सङ्ग्रहालय निर्माण गरिने छ ।

प्रधानमन्त्री देउवाले आज कञ्चनपुरको बेलडाँडी, बेलौरी र पुर्नबासमा आयोजित चुनावी सभामा सहभागिता जनाएका थिए ।


प्रतिक्रिया

ताजा खबर

More

पत्रकार दिलभुषण पाठक काठमाडौंबाट पक्राउ

काठमाडाैं, जेठ २८ । पत्रकार दिलभुषण पाठकविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी.....