पत्रकार दिलभूषण पाठकलाई पक्राउ गर्न पुर्जी जारी

प्रकाशित मिति: २९ जेष्ठ २०८२, बुधबार १३:०७


काठमाडाैं, जेठ २८ ।
पत्रकार दिलभूषण पाठकविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । प्रहरीको साइबर ब्यूरोको अनुरोधमा उनीविरुद्ध अदालतले पक्राउ गर्न अनुमति दिएको प्रहरीले जनाएको छ ।

पाठकले आफ्नो च्यानलमा प्रशारण गरेका हिल्टन होटेलसम्बन्धी समाचारलाई लिएर साइबर अपराधको मुद्दा चलाउन लागिएको हो । होटेलमा कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरको लगानीको विषयलाई लिएर पाठकले समाचार प्रशारण गरेका थिए । सोही विषयमा प्रहरीमा उजुरी दिएपछि उनलाई पक्राउ गर्न प्रहरीको टोली खटिएको जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

जसपाका सांसद् सराेज सिंह काठमाडाैंकाे अनामनगरबाट पक्राउ

काठमाडाैं, जेठ २९ । जनता समाजवादी पार्टी (जसपा)का मधेश प्रदेशका सांसद् सरोज सिंह कुशवाहा.....