सत्तारुढ दलले जनताको हितमा काम गर्न नसकेको नेता नेपालको दाबी

कञ्चनपुर, असार १० ।
नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कारण स्थानीय तह निर्वाचनको मिति पटक–पटक पर धकेलेको बताएका छन् ।
कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा आज आयोजित चुनावी सभामा बोल्दै नेता नेपालले कांग्रेस र माओवादीको गठबन्धन सरकारले जनताको हितमा कुनै काम गर्न नसकेको आरोपसमेत लगाए ।
नेता नेपालले दोश्रो चरणको स्थानीय तह निर्वाचनमा एमाले नै पहिलो दल बन्ने दाबी पनि उनले गरेका छन् ।
प्रतिक्रिया