दोश्रो चरणको निर्वाचनअन्तर्गत आजबाट मतदाता परिचय पत्र वितरण

काठमाडौं, असार ११ ।
स्थानीय तहको दोश्रो चरणको निर्वाचनअन्तर्गत यहीँ असार १४ गते हुन गइरहेको निर्वाचनका लागि आजबाट मतदाता परिचय पत्र वितरण कार्य सुरु भएको छ ।
प्रदेश नम्बर १, ५ र ६ का तीन सय ३४ स्थानीय तहका मतदाताहरूलाई आज, भोलि र पर्सि तीन दिनसम्म मतदाता परिचय पत्र वितरण गर्न लागिएको निर्वाचन आयोगले जनाएको छ ।
स्थानीय तहको सम्बन्धित मतदान केन्द्रबाट परिचय पत्र प्राप्त गर्न सकिनेछ । निर्वाचनमा भाग लिने ६४ लाख ३२ हजार सात सय ६५ जना मतदाताले परिचय पत्र प्राप्त गर्न सकिने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिएका छन् ।
उनकाअनुसार निर्वाचनमा खटिएका टोलीले चार हजार पाँच सय ८१ वटा मतदान केन्द्रबाट मतदाता परिचय पत्र वितरण गर्ने काम भइरहेको छ ।
प्रतिक्रिया