संघीयकरण बिना समाजवादी आन्दोलन सफल हुँदैन : नेता श्रेष्ठ

प्रकाशित मिति: ११ असार २०७४, आईतवार १७:००


काठमाडौं, असार ११ ।
संघीय समाजवादी फोरम नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले नेपाल जस्तो बहुराष्ट्रिय मुलुकमा संघीयकरण बिना समाजवादी आन्दोलन सफल नहुने मात्र नभई देशले विकासमा पनि फड्को मार्न नसक्नेमा जोड दिएका छन् ।

राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता श्रेष्ठ कुनै पनि पार्टी पौराणिक कथाका पात्रहरू जस्तो चमत्कारिक रूपमा विकास हुने नभई विचार, सङ्गठन र सङ्घर्षको दौरान बलियो हुँदै जाने बताए । सङ्घीय समाजवादी फोरम, नेपाल छोटो अवधिमा द्रूत गतिमा विकास भएको भन्दै यसले आफ्नो शैसव कालमै राष्ट्रिय पार्टीको रूप धारण गरेको बताएका छन् ।

नेता श्रेष्ठले नेपालका समाजवादी र साम्यवादीहरूले आफूलाई लोकतान्त्रिकरण गर्न सफल भए पनि नेपाली समाजको विशेषता बुझेर त्यसलाई सङ्घीयकरण गर्न नसकेकोमा जोड दिँदै उनले नेपालमा समाजवादसँगै सङ्घवादका सिद्धान्तहरूलाई अनुकरण गर्ने एक मात्र पार्टी ससफो, नेपाल भएको बताए । सिंहदरबारबाट कांग्रेस, एमाले जस्तो एकल जातीय पार्टीहरूलाई ब्यालेटकै माध्यमबाट अपदस्त गर्न नै आफ्नो पार्टी जन्मेको भन्दै उनले देशको शासन व्यवस्थामा राष्ट्रिय पहिचानलाई मान्यता दिई सबै समुदायहरूलाई समान अवसर दिने बताए ।

उनले स्थानीय निर्वाचनलाई पहिचानसहितको सङ्घीयता, समतामूलक समृद्धि तथा स्थानीय तहमा विकासको अवसर पु¥याउने माध्यमको रूपमा उपयोग गरेको बताए । कार्यक्रममा नेपाली कांग्रेस र एमालेका एक सय १९ जना नेता कार्यकर्ताहरू ससफो, नेपालमा प्रवेश गरेका थिए । उनीहरूलाई नेता श्रेष्ठले खादा लगाएर स्वागत गरेका थिए ।


प्रतिक्रिया

ताजा खबर

More

बुधबारदेखि काठमाडाैं उपत्यकामा हल्का वर्षाकाे सम्भावना, वर्षासँगै प्रचण्ड गर्मीमा राहत

काठमाडाैं, जेठ २७ । जल तथा मौसम विज्ञान विभागले भाेलि बुधबारदेखि हल्का वर्षाको सम्भावना.....