गृहमन्त्री शर्माको निर्देशनमा उपत्यकाभरि ८ सय जेब्रा क्रसिङको रेखांकन

प्रकाशित मिति: ११ असार २०७४, आईतवार १८:१७


काठमाडौं, असार ११ ।
गृहमन्त्री जनार्दन शर्माको निर्देशनपछि सडक विभागले काठमाडौं उपत्यकाका ८ सय स्थानमा पैदल यात्रुले बाटो काट्ने जेब्रा क्रसिङको रेखाङ्कन गर्दैछ ।

जेब्रा क्रसिङबाट बाटो काट्ने यात्रुलाई कारबाहीको अभियान थालिएसँगै विभागले विभिन्न सडक क्रस गर्न आवश्यक स्थानमा जेब्रा क्रसिङको रेखाङ्कन गर्न लागेको हो ।

कारवाहीको अभियान सुरु गर्दा आवश्यक स्थानमा जेब्राक्रस नभएपछि सरकारको आलोचना भएको थियो । सडक विभागका महानिर्देशक गोपालप्रसाद सिग्देलले उपत्यकाभरि जेब्रा क्रसिङहरु पेन्ट गर्ने काम अन्तिम चरणमा पुगेको बताएका छन् ।

यो साताभरिमा उपत्यकाका सबै स्थानमा जेब्रा क्रसिङ रेखाङ्कन गरिसक्ने उनले बताए ।’ ललितपुरमा लगभग सबै स्थानमा सकिइसक्यो, अब काठमाडौंमा केही र भक्तपुरका केही सडकमा जेब्रा क्रसको रेखाङ्कन बाँकी छ’ सिग्देलले भने, ‘अब यो साताभरिमा काम सक्छौं ।’


प्रतिक्रिया

ताजा खबर

More

बुधबारदेखि काठमाडाैं उपत्यकामा हल्का वर्षाकाे सम्भावना, वर्षासँगै प्रचण्ड गर्मीमा राहत

काठमाडाैं, जेठ २७ । जल तथा मौसम विज्ञान विभागले भाेलि बुधबारदेखि हल्का वर्षाको सम्भावना.....