इस्लाम धर्मावलम्बीहरूको ईदको उपलक्ष्यमा अध्यक्ष ओलीको शुभकामना

प्रकाशित मिति: १२ असार २०७४, सोमबार ०६:४३


काठमाडौं, असार १२ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमजानको अन्त्यमा मनाइने ईद उल फित्रको अवसरमा नेपाल र नेपाल बाहिर रहनुभएका सम्पूर्ण मुस्लिम समुदायका दिदीबहिनी दाजुभाईमा शुभकामना दिँदै सामाजिक सहिष्णुता, जिम्मेवारीबोध र राष्ट्रिय एकता आजको आवश्यकता भएकोमा जोड दिएका छन् ।

‘हाम्रो मुलुक विविध भाषा, संस्कृति, धर्म, समुदाय र भूगोल जस्ता कुराहरूले विश्वमै विशिष्ट अवस्थामा छ । सदिऔँदेखि यी विशेषतायुक्त जनताको एकतालाई खल्बल्याउन विभिन्न कोणबाट भइरहेका प्रयत्नप्रति हामी सबै विशेष संवेदनशील हुन आवश्यक छ,’ उनले भने ।

अध्यक्ष ओलीले एक प्रेस विज्ञप्ति जारी गर्नुभएको शुभकामना सन्देशमा भनिएको छ, ‘हाम्रो सामाजिक सहिष्णुता, मित्रता र सहकार्यले नै हाम्रो मुलुकलाई सबैको साझा फूलबारी बनाएको छ । यस विशिष्टतालाई अझ उन्नत बनाउन इस्लाम धर्मावलम्बीहरूको ईदका अवसरमा आपसमा बाँडिने शुभकामना आदान प्रदानले भूमिका निर्वाह गर्ने मैले अपेक्षा गरेको छु ।’


प्रतिक्रिया


ताजा खबर

More

डिजि हबले ल्यायो अन्तर्राष्ट्रियस्तरको ट्रेडिङ म्यानेजमेन्ट सिस्टम

काठमाडौं, चैत २९ । डिजिहब (प्रा.) लि.ले नेपाली शेयर बजारमा डिजिटल क्रान्ति ल्याउँदै.....

देशभर आंशिक बदली, केही स्थानमा हल्का वर्षा

काठमाडाैं, चैत २९ । अहिले देशमा.....