राजनीतिक समस्या समाधानका लागि तीन चरणमा निर्वाचन गराउनु परेको : गृहमन्त्री शर्मा

प्रकाशित मिति: १२ असार २०७४, सोमबार १०:३३


दाङ, असार १२ ।
गृहमन्त्री जनार्दन शर्माले स्थानीयतहको निर्वाचनमा जनता निकै उत्साहित रहेको र राजनीतिक दलहरूबीच स्वच्छ प्रतिस्पर्धाको वातावरण देखिएको बताएको छ ।

आज बिहान पत्रकारसँग गरिएको साक्षात्कार कार्यक्रममा उनले सो कुरा बताएका हुन् । गृहमन्त्री शर्माले शान्ति सुरक्षाको दृष्टिकोणले कुनै कमिकमजोरी नरहेकाले निर्धक्क भएर निर्वाचनमा भाग लिन सबैलाई आग्रह गरेका छन् । उनले पहिलो चरणको निर्वाचनमा एकाध घटनाबाहेक पूर्णत शान्तिपूर्ण रूपमा सम्पन्न भएको भन्दै दोस्रो चरणको निर्वाचन पनि शान्तिपूर्ण रूपमा हुने विश्वास व्यक्त गरे ।

गृहमन्त्री शर्माले राजनीतिक समस्या समाधान गर्नका लागि तीन चरणमा निर्वाचन गराउनु परेको स्पष्ट पार्दै भने शान्ति सुरक्षा पुर्‍याउन नसक्ने भएर होइन ।

उनले निर्वाचन बिथोल्न अघि सरेको नेकपा (माओवादी विप्लव) समूहले पनि थवाङलगायत कतिपय स्थानमा निर्वाचनमा भाग लिइरहेको बताएका छन् । त्यस्तै संविधानप्रति असन्तुष्ट रहँदै आएको राष्ट्रिय जनता पार्टी (राजपा) कै सहमतिमा प्रदेश नम्बर २ मा असोज २ गते निर्वाचन गर्न सरकार तयार भएको उनको भनाइ छ ।

गृहमन्त्री शर्माले स्थानीय निकायको निर्वाचन सम्पन्न भएपछि मङ्सिरभित्रै अन्य निर्वाचन गरिसक्ने तयारी सरकारले गरेको बताए ।


प्रतिक्रिया

ताजा खबर

More

बुधबारदेखि काठमाडाैं उपत्यकामा हल्का वर्षाकाे सम्भावना, वर्षासँगै प्रचण्ड गर्मीमा राहत

काठमाडाैं, जेठ २७ । जल तथा मौसम विज्ञान विभागले भाेलि बुधबारदेखि हल्का वर्षाको सम्भावना.....