निर्वाचनका लागि गृहमन्त्रालयबाट सुरक्षा तयारी

काठमाडौं, फागुन १० ।
सरकारले ३१ वैशाख २०७४ का लागि स्थानीय तहको निर्वाचन मिति घोषणा गरेपछि गृह मन्त्रालयले निर्वाचनको लागि सुरक्षा तयारी थालेको छ ।
‘सुरक्षा दृष्टिकोणले निर्वाचन गर्न कुनै समस्या छैन,’ गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीका अनुसार, ‘मंगलबारदेखि नै हामी तयारीमा लाग्नेछौँ । जसरी २०७० मा निर्वाचन भएको थियो, त्यसैगरी अबको निर्वाचन शान्तिपूर्ण गर्न हामी तयार छौँ ।’ निर्वाचनको सुरक्षा रणनीति तथा कार्यनीतिबारे थप छलफल गर्न गृहले मंगलबार नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूसहितको सुरक्षा बैठक बोलाएको छ ।
तत्काल एकीकृत सुरक्षा योजना बनाएर लागू गरिने गृहका अधिकारीहरूले जानकारी दिएका छन् । स्थानीय निर्वाचनका लागि सुरक्षाकर्मी थप्नका लागि म्यादी प्रहरीसमेत भर्ना गर्नुपर्ने हुन्छ । यसको प्रक्रिया तत्काल सुरु गर्न लागिएको गृहले जनाएको छ ।
प्रतिक्रिया