ढुक्क भएर निर्वाचनमा भाग लिन गृहमन्त्री शर्माको आग्रह

प्रकाशित मिति: १२ असार २०७४, सोमबार १७:५३


काठमाडौं, असार १२ ।
रपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा गृहमन्त्री जनार्दन शर्माले दोश्रो चरणअन्तर्गत यहीँ असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक सुरक्षा मिलाएको भन्दै ढुक्क भएर निर्वाचनमा भाग लिन मतदातालाई आग्रह गरेका छन् ।

पहिलो चरणको निर्वाचन सम्पन्न गर्दाका अनुभवका आधारमा समेत सुरक्षा योजनालाई थप विकसित र परिमार्जन गरिएको छ, सुरक्षामा कुनै समस्या छैन, ढुक्क रूपमा सुरक्षित भएर मत खसाल्ने वातावण मिलाइएको उनले भने ।

नेकपा (विप्लव समूह) र राष्ट्रिय जनता पार्टीसमेत निर्वाचनमा स्वतन्त्र रूपमा भाग लिएको भन्दै उनले निर्वाचन सफल हुने विश्वास व्यक्त गरे ।

उनकाअनुसार निर्वाचन हुने सबै प्रदेशमा गएर सुरक्षा निकायहरूसंगको अन्तक्र्रिया र छलफल गरी हरेक जिल्ला र हरेक मतदान केन्द्रका सुरक्षा योजनालाई परिमार्जित गरिएको अवस्था छ, निर्वाचनमा भाग लिन कुनै डर छैन ।

नेपालको राजनीतिमा सकारात्मक प्रतिस्पर्धा सुरु हुने भएकाले यो ऐतिहासिक परिघटनामा जनताको ठूलो उत्साह रहेकाले निर्वाचनमा भाग लिन सबैलाई आग्रह गर्दै उनले दोश्रो चरणको निर्वाचनका लागि मौन अवधि सुरु भएकाले यसलाई पालना गर्न सबै राजनीतिक दललाई आग्रह समेत गरे ।


प्रतिक्रिया

ताजा खबर

More

बुधबारदेखि काठमाडाैं उपत्यकामा हल्का वर्षाकाे सम्भावना, वर्षासँगै प्रचण्ड गर्मीमा राहत

काठमाडाैं, जेठ २७ । जल तथा मौसम विज्ञान विभागले भाेलि बुधबारदेखि हल्का वर्षाको सम्भावना.....