विष्फोट गराउन लगिएको बम आफैँ पड्किएर एकको मृत्यु

धनगढी, असार १३ ।
बम विष्फोट गराउन लगिएको बम आफैँ पड्किएर धनगढीमा एकको ज्यान गएको छ । ज्यान जानेमा चन्दबहादुर सिंह रहेको प्रहरीले जनाएको छ ।
विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ता धनगढी–१२ जुगेडाका सिंहको गएराति एउटा होटलनजिकै पुगेका बेला आफैँले बोकेको बम पड्किएर ज्यान गएको हो ।
बम पड्किएर सख्त घाइते भएका उनलाई सेती अञ्चल अस्पतालमा उपचार गर्ने क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । उक्त विष्फोट भएको बम होटलनजिकै खानेपानी डिभिजनको कार्यालय भएकाले त्यहाँ विस्फोट गराउन लागिएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।
प्रतिक्रिया