मतदाता नामावलीमा नाम भए अन्य सरकारी कागजात देखाएर पनि भोट हाल्न सकिनेछ :निर्वाचन आयोग

प्रकाशित मिति: १३ असार २०७४, मंगलवार १२:००


काठमाडौं, असार १३ ।
निर्वाचन आयोगले यहीँ असार १४ गते हुने स्थानीय तहको दोश्रोे चरणको निर्वाचन प्रदेश नं १, ५ र ७ का ३५ जिल्लामा मतदाता परिचय पत्रका अतिरिक्त अन्य सरकारी कागजात देखाएर पनि मतदान गर्न सकिने व्यवस्था मिलाएको छ ।

त्यसका लागि स्थानीय तहको दोश्रोे चरणको निर्वाचनका लागि तयार पारिएको अन्तिम मतदाता नामावलीमा नाम भने समावेश भएको हुनुपर्ने छ ।

मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले कुनै कारण मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा, हराएमा, नष्ट भएमा निजको मताधिकार सुनिश्चित गर्न आयोगले यस्तो निर्णय लिएको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

मतदाताले नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र, जग्गाधनी प्रमाणपत्र, सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

मतदाता नामावली तथा मतदाता परिचय पत्रमा सामान्य त्रुटि पाइएमा स्थानीय तह निर्वाचन निर्देशिका बमोजिम सानो तिनो भूलचुक मानी निजको नागरिकता प्रमाणपत्रको विवरणलाई मूल आधार लिई मतदान गर्न दिने व्यवस्था मिलाउन पनि आयोगले निर्देशन दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवको अध्यक्षतामा आजको बैठकले फोटोसहितको मतदाता नामावलीमा नाम समावेश भएका मतदाताको मतदान गर्न पाउने अधिकारको सुनिश्चिता प्रदान गर्ने निर्णय गरेको हो । आयोगले यस सम्बन्धमा आवश्यक जानकारी लिन टोल फ्री नम्बर १६६००१४४२२२ को व्यवस्था मिलाएको जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

बुधबारदेखि काठमाडाैं उपत्यकामा हल्का वर्षाकाे सम्भावना, वर्षासँगै प्रचण्ड गर्मीमा राहत

काठमाडाैं, जेठ २७ । जल तथा मौसम विज्ञान विभागले भाेलि बुधबारदेखि हल्का वर्षाको सम्भावना.....