काठमाडौं महानगरपालिकाले फोहरबाट ग्याँस निकाल्न सुरु

प्रकाशित मिति: १३ असार २०७४, मंगलवार १४:४५


काठमाडौं, असार १३ ।
काठमाडौं महानगरपालिकाले आजदेखि फोहरबाट बायोग्याँस निकाल्न आरम्भ गरेको छ । कामपा, वातावरण व्यवस्थापन विभागले लामो समयको परीक्षणका रूपमा रहेको बायोग्यास उत्पादन विधिवत् रूपमा सुरु गरेको हो । कामपा वडा नं १२ र १९ का बासिन्दाले घरबाट निकालेको जैविक फोहरबाट वायोग्यास उत्पादन गरिनेछ ।

यहाँ आज आयोजित कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले नगरमा पूर्णरूपमा फोहर व्यवस्थापन गर्न सके यहाँको धेरै समस्या समाधान हुने बताए ।

यसबाट जैविक फोहर व्यवस्थापनका लागि पनि ठूलो सहयोग पुग्ने बताउँदै उनले आफ्नो घर र सहर सफा राख्नु नगरवासीको कर्तव्य रहेको औँल्याएका छन् । कामपा उप–प्रमुख हरिप्रभा खड्गीले परम्परागत सोचमा परिवर्तन ल्याई फोहर व्यवस्थापनको दिगो कार्ययोजना निर्माण गरिनुपर्नेमा जोड दिए ।

कामपाका कार्यकारी अधिकृत ईश्वरीराज पौडेलले फोहरलाई ऊर्जाका रूपमा विकास गर्नका लागि कामपाले सुरु गरेको अभियानलाई सार्थक रूपमा अघि बढाउनुपर्ने धारणा राखे ।

युरोपेली सङ्घ नेपालका लागि राजदूत रिन्जे टिरिन्कले काठमाडौंलाई विश्वसामु सुन्दर सहरका रूपमा चिनाउन अत्यावश्यक रहेकामा जोड दिए ।

एकीकृत दिगो फोहरमैला व्यवस्थापन परियोजना सञ्चालनका लागि कामपाको २० प्रतिशत र युरोपेली सङ्घको ८० प्रतिशत गरी रु.एक करोड ८२ लाख लगानी गरिएको छ । यसका लागि तीन मेट्रिक टन जैविक पदार्थबाट दैनिक तीन सय किलोग्राम जैविक मल, १४ किलोवाट बिजुली र १३ हजार पाँच सय लिटर प्रशोधित पानी उत्पादन हुनेछ ।

सो परियोजना २०७० चैत १८ गतेदेखि सुरु गरिएको हो । सो परियोजनाको मुख्य लक्ष्य फोहरको स्रोत घटाउने तथा पुनःचक्रीय विधिबाट फोहरको प्रयोगसँगै फोहर नफाली आयआर्जनका लागि रूपान्तरण गर्न सकिन्छ भन्ने सन्देश दिनु हो ।


प्रतिक्रिया

ताजा खबर

More

बुधबारदेखि काठमाडाैं उपत्यकामा हल्का वर्षाकाे सम्भावना, वर्षासँगै प्रचण्ड गर्मीमा राहत

काठमाडाैं, जेठ २७ । जल तथा मौसम विज्ञान विभागले भाेलि बुधबारदेखि हल्का वर्षाको सम्भावना.....