निर्वाचन आयोगको गल्ती : कीर्तिपुरका मेयर प्रत्यासीको दुई स्थानमा मतदाता नामावली

प्रकाशित मिति: १३ असार २०७४, मंगलवार १५:३४


काठमाडौं, असार १३ ।
कीर्तिपुरबाट मेयर पदका प्रत्यासी बनेका अमरबहादुर पौडेल पुनः भोलि हुने दोश्रो चरणको निर्वाचनमा भोट खसाल्न प्युठान पुगेका छन् । उनी पहिलो चरणको स्थानीय तहको निर्वाचनमा कीर्तिपुर नगरपालिकामा जनमोर्चाबाट गिलास चुनाव चिन्ह लिएर प्रमुख पदका लागि उम्मेदवारीमा प्रतिस्पर्धा गरेका थिए ।

निर्वाचन आयोगको नियमानुसार कुनै पनि एक व्यक्ति दुई ठाउँको मतदाता हुन पाउँदैन तर, आयोगको सानो गल्तीका कारण एउटै व्यक्ति एउटा जिल्लाको स्थानीय तहमा उम्मेदवार र अर्को जिल्लाको स्थानीय तहमा मतदाता भएका छन् ।

श्रोतकाअनुसार उनी प्युठानको ऐरावती गाउँपालिका वडा नं. ६, शान्ति प्रावि, बैरनी दमार मतदान केन्द्रमा भोट खसाल्न पुगेका हुन् । उनको मतदाता सिरियल नम्बर १७०७३८३१ हो । प्युठानबाट नागरिकता लिएका उनको नागरिकता नम्बर १९०७ हो । उनको जन्ममिति २०२१ असार २१ हो ।

यति मात्र नभई उनकी श्रीमती सुशीला पौडेलको समेत दुई ठाउँमा मतदाता नामावलीमा नाम समावेश गरिएको छ ।

पहिलो चरणको स्थानीय तहको निर्वाचनमा कीर्तिपुर नगरपालिकामा उनले ४९ भोट ल्याएर जनमोर्चाको जमानतसमेत जफत भएको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

बुधबारदेखि काठमाडाैं उपत्यकामा हल्का वर्षाकाे सम्भावना, वर्षासँगै प्रचण्ड गर्मीमा राहत

काठमाडाैं, जेठ २७ । जल तथा मौसम विज्ञान विभागले भाेलि बुधबारदेखि हल्का वर्षाको सम्भावना.....