ज्येष्ठ र अपाङ्गलाई साझा यातायातको निःशुल्क सेवा

‘सेमी लो फ्लोर’ गाडी सञ्चालनमा ल्याउने
काठमाडौं, असार १३ ।
साझा यातायातले ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरूलाई निःशुल्क सेवा दिने भएको छ ।
यसअघि साझा यातायातले अपाङ्ग मैत्री बस सञ्चालनमा ल्याएर सुविधा प्रदान गरिसकेका छन् भने अब ज्येष्ठ नागरिकका साथै क र ख बर्गका अपाङ्ले साझाका जुनसुकै बस चढ्दा पनि भाडा तिर्नुपर्ने छैन् ।
साझा यातायातले उपत्यका र उपत्यका बाहिर सञ्चालन हुने सबै बसहरूमा यो नयाँ व्यवस्था गरेको छ ।
अहिले दश वटा मात्र साझा गाडीमा स्मार्ट कार्डबाट भाडा तिर्ने व्यवस्था गरिएकोमा अब सबै साझा गाडीमा स्मार्ट कार्ड लागू हुने साझा यातायातले जनाएको छ ।
काठमाडौं महानगरपालिकाले आज साझा यातायातलाई डिलक्स र ‘सेमी लो फ्लोर’ बस किन्न ५ करोड रुपैयाँ चेक दिएका छन् ।
नेपालमै पहिलोपटक ‘सेमी लो फ्लोर’ बस सञ्चालनमा ल्याउन लागेका छन् भने अपाङ्गमैत्री बस गुडाएर चर्चामा आएको साझा यातायातले अबको चार महिनाभित्र अत्याधुनिक सुविधासम्पन्न सेमी लो फ्लोर मोडलको बस सञ्चालन गर्न लागेको हो ।
प्रतिक्रिया