रोल्पामा उपप्रधानमन्त्री महराबाट मतदान

प्रकाशित मिति: १४ असार २०७४, बुधबार १०:१३


काठमाडौं, असार १४ ।
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले आफ्नो जन्मथलो रोल्पा नगरपालिका–१ बाट आज मतदान गरेको छ ।

आज बिहान बिबामरुकस्थित मतदान केन्द्रमा रहेको मतदान केन्द्रमा गएर पहिलो मतदान गरेको उनका स्वकीय सचिव राहुल महराले जानकारी दिएका छन् ।

उक्त केन्द्रमा ७०५ मतदाता रहेका छन् । आज दोस्रो चरणको स्थानीय तहको निर्वाचन १, ५ र ७ नम्बर प्रदेशमा भइरहेको छ । यस निर्वाचनमा ६२ हजार ४०८ उम्मेदवार प्रतिस्पर्धामा छन् ।


प्रतिक्रिया

ताजा खबर

More

बुधबारदेखि काठमाडाैं उपत्यकामा हल्का वर्षाकाे सम्भावना, वर्षासँगै प्रचण्ड गर्मीमा राहत

काठमाडाैं, जेठ २७ । जल तथा मौसम विज्ञान विभागले भाेलि बुधबारदेखि हल्का वर्षाको सम्भावना.....