माओवादी केन्द्रका नेता पुन एक्कासी बिरामी भएपछि अस्पताल भर्ना

काठमाडौं, फागुन १० ।
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का सचिव वर्षमान पुन अनन्त एक्कासी बिरामी भएपछि अस्पताल भर्ना भएका छन् ।
नेता पुन केही महिना अगाडि मात्र बैंककबाट जण्डिसको उपचार गराएर स्वदेश फर्किएका थिए ।
उनको स्वास्थ्यमा सुधार देखिए पनि आज एक दिन अस्पतालमै राखिने पारिवारिक श्रोतले जनाएको छ । उनको उपचार काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा भइरहेको छ ।
प्रतिक्रिया