ज्यान दाउमा राखेर अज्ञात समूहले फालेको बम भुँइमा खस्न नपाउँदै फाल्ने हवल्दार एकाएक चर्चाको शिखरमा

प्रकाशित मिति: १४ असार २०७४, बुधबार १५:५१


दाङ, असार १४ ।
दोश्रो चरणको स्थानीय तहको निर्वाचनअन्तर्गत जारी रहेको निर्वाचनलाई लक्षित गर्दै अज्ञात समूहले निर्वाचनस्थल विथोल्ने नियतले हानेको बम एक प्रहरी हवल्दार गोरेबहादुर रानाले भुँइमा खस्न नपाउँदै आफ्नो ज्यान दाउमा राखेर बमलाई फालेपछि एकाएक चर्चित बनेका छन् ।

अहिले हवल्दार रानाको बारेमा सबै मिडियाले विशेष स्थान दिएको छ भने कैयौं व्यक्तिले उनको सो कार्यको तारिफ गर्नेहरूको लर्को लागेको छ ।

हवल्दार रानाले ठूलो साहसका साथ बुथमा फालिएको बमलाई हातले समातेर फालेर बुथ र मतदातालाई सुरक्षित राखेपछि उनलाई सबैले सलाम गरेका छन् । अज्ञात समूहले फालेको उक्त बम हवल्दारले समातेर फालेको दुई सेकेण्डमै पड्किएको थियो । हवल्दारले समातेर मतदान केन्द्रभन्दा बाहिर फालेकाले बम पड्किए पनि कुनै क्षति हुन पाएन ।

दोश्रो चरणको निर्वाचनअन्तर्गत आज प्रदेश नम्बर १, ५ र ७ अन्तर्गत बिहान ७ बजेबाट ३५ जिल्लाका तीन सय ३४ स्थानीय तहमा मतदान भइरहेको छ । निर्वाचन आयोगकाअनुसार आठ हजार तीन सय ६४ मतदान केन्द्रमध्ये केही केन्द्रमा भारी वर्षाका कारण मतदान सुरु हुन केही ढिलाई भएको थियो । बाँकी सबै मतदान केन्द्रमा मतदान अहिलेसम्म जारी नै रहेको छ ।

यसैबीच, भनभने मतदान केन्द्रको बुथ ‘ख’ को मतपेटिकाभित्र एक मतदाताले एसिड हालेर फरार भएका छन् । मतपेटिकाको सुरक्षामा खटिएका प्रहरीले देखेपछि एसिडले जलेको थाहा भएको थियो । तर, ती व्यक्ति भाग्न सफल भएका छन् । रोल्पाका प्रमुख जिल्ला अधिकारी डा. विजन भट्टराईले ती व्यक्तिको पहिचान भइसकेको भन्दै छिट्टै पक्राउ पर्ने बताएता पनि उनको पहिचान खुलाउन भने तयार रहेन ।


प्रतिक्रिया

ताजा खबर

More

बुधबारदेखि काठमाडाैं उपत्यकामा हल्का वर्षाकाे सम्भावना, वर्षासँगै प्रचण्ड गर्मीमा राहत

काठमाडाैं, जेठ २७ । जल तथा मौसम विज्ञान विभागले भाेलि बुधबारदेखि हल्का वर्षाको सम्भावना.....