निर्वाचनको मतगणनाको प्रारम्भिक आँकडाअनुसार कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो स्थानमा

प्रकाशित मिति: १५ असार २०७४, बिहीबार १३:५९


काठमाडौं, असार १५ ।
स्थानीय तहको दोस्रो चरणाकाे निर्वाचन असार १४ गते सम्पन्न भएको छ । सम्पन्न भएको निर्वाचनको मतगणनाको प्रारम्भिक आँकडाले कांग्रेस अगाडि देखाएको छ भने एमालेलाई दोस्रो स्थानमा देखाएको छ । अहिले सुरु भएका स्थानमा कांग्रेस ३३ र एमाले २१ स्थानमा प्रमुख तथा अध्यक्ष पदमा अग्रता लिइरहेका छन् । माओवादीले भने १४ स्थानमा अग्रता लिँदै तेस्रो स्थानमा देखिएको छ ।

दोस्रो चरणको निर्वाचन सम्पन्न भएका ३३४ वटा स्थानीय तहमध्ये १६८ मा आज बिहानैदेखि मतगणना सुरु भएको हो । निर्वाचन आयोगकाअनुसार प्रदेश नं. १ का एक सय ३७ स्थानीय तहमध्ये एक सय ८, प्रदेश नं. ५ का एक सय ९ स्थानीय तहमध्ये ३४ र प्रदेश नं. ७ का ८८ स्थानीय तहमध्ये २६ स्थानीय तहमा मतगणना भइरहेको छ । दोस्रो चरणको निर्वाचनमा ७३.६९ प्रतिशत मत खसेको पनि आयोगले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

पत्रकार दिलभुषण पाठक काठमाडौंबाट पक्राउ

काठमाडाैं, जेठ २८ । पत्रकार दिलभुषण पाठकविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी.....