आठ उपमहानगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रतिस्पर्धा

काठमाडौं, असार १५ ।
स्थानीय तहको दोस्रो चरणको निर्वाचनअन्र्तगत आठ वटै उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । आठै वटा उपमहानगरपालिकामा मतगणना भइरहँदा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा देखिएको छ ।
प्रदेश नम्बर १ मा तीन उपमहानरपालिका रहेका छन् । १ नम्बर प्रदेशका इटहरी, धरान र विराटनगर उपमहानगरपालिकामा केहीबेर अघिमात्रै मतगणना सुरु गरिएको छ ।
प्रदेश नम्बर ५ मा चार वटा उपमहानगरपालिका छन् । जसमध्ये वुटवल, तुलसीपुर, घोराही र नेपालगन्ज उपमहानरपालिकाको मतगणना जारी छ । तुलसीपुर र घोराहीमा एमालेले अग्रता लिएको छ भने वुटवलमा नेपाली कांग्रेसले अग्रता लिइरहेका छन् । नेपालगन्ज उपमहानगरको मतपरिणाम भने आइसकेको छैन् ।
वुटवलमा कांग्रेसका मेयरका उम्मेदवार खेलराज पाण्डेले ६०३ मत ल्याएका छन् भने एमालेका शिवराज सुवेदीले ४३० मत पाएका छन् ।
घोराहीमा एमालेका नरुलाल चौधरीले ४२० मत पाएका छन् भने माओवादीका जीवन गौतमले ३२० मत ल्याएका छन् । यसैगरी, कांग्रेसका भूपबहादुर डाँगीले १८० मत पाएका छन् ।
तुलसीपुर उपमहानगरमा एमालेका घनश्याम पाण्डे २८३ मतका साथ अग्रस्थानमा छन् । कांग्रेसका गेहेन्द्र गिरी १८९ मतले दोस्रो स्थानमा र माओवादीका शेशुराम भण्डारी ९ मतले तेस्रो स्थानमा छन् ।
उता, प्रदेश नम्बर ७ को धनगढी उपमहानगरपालिकामा कांग्रेसका नृप वड अगाडि रहेको छ । उनले १२० मत पाएका छन् । कांग्रेसका उम्मेदवार वडलाई स्वतन्त्र उम्मेदवार गोपाल हमालले टक्कर दिइरहेका छन् । धनगढी उपमहानरमा एमालेका दुर्गा जोशीले ३४ मत पाएका छन् ।
प्रतिक्रिया