रूपाकोटको मझुवागढीमा कांग्रेस प्यानलसहित विजयी

खोटाङ, असार १६ ।
रूपाकोट मझुवागढी नगरपालिका–११ मा नेपाली कांग्रेसले प्यानलसहित विजयी हुन सफल भएको छ ।
कांग्रेसबाट वडा अध्यक्षका उम्मेदवार रामचन्द्र राईले तीन सय ३४ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का सुरेशकुमार तामाङले तीन सय १७ मत प्राप्त गर्नुभएकोे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
एक हजार तीन सय ४९ मत खसेको उक्त वडाका सदस्यहरूमा कांग्रेसका उम्मेदवार नै विजयी भएको मुख्य निर्वाचन अधिकृत शान्तिप्रसाद आचार्यले जानकारी दिएका छन् ।
प्रतिक्रिया