एमालेले खोले अर्को खाता, बाजुरा पाण्डवगुफा गाउँपालिकामा भारी मतले विजयी

बाजुरा, असार १६ ।
बाजुराको पाण्डवगुफा गाउँपालिकामा एमालेले अर्को खाता खोल्न सफल भएको छ । सो स्थानमा एमालेका अध्यक्ष र उपाध्यक्षसहित बहुसंख्यक वडामा जित हात पारेको हो ।
आज बिहान मात्र सम्पन्न मतपरिणामअनुसार पाण्डवगुफा गाउँपालिकाको अध्यक्षमा एमालेका कालिबहादुर शाही एक हजार चार सय ५१ मतसहित विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुन्दर बिष्टले नौ सय ८९ मत प्राप्त गरेका छन् ।
यसैगरी, उपाध्यक्षमा पनि एमालेकै ऐना गिरीले एक हजार चार सय ९० मत ल्याएर विजयी भएकी छन् भने निकटतम प्रतिद्धन्द्धी कांग्रेसकी तारा रोकाया नौ सय ८७ मत प्राप्त गरेकी छन् ।
प्रतिक्रिया