मतगणनाको काम ढिलाई भइरहेका कारण सहयोग गर्न निर्वाचन आयोगको अपिल

प्रकाशित मिति: १६ असार २०७४, शुक्रबार १२:४२


काठमाडौं, असार १६ ।
निर्वाचन आयोगले मतगणना छिटो सम्पन्न गर्नका लागि सहयोग गर्न राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरेको छ ।

आयोगले आज प्रेस विज्ञप्ती जारी गर्दै मतगणनाको काम ढिलाई भईरहेका कारण त्यसलाई तिब्रता दिन सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूलाई निर्देशन दिइसकेको हुँदा सहयोग गर्न दल र उम्मेदवारलाई पनि आग्रह गरेको हो ।

आयोगका अनुसार तीन सय ३४ मध्ये अहिलेसम्म ८ स्थान बाहेक सबै ठाउँमा मतगणना भइरहेको छ । ताप्लेजुङ, सोलखुम्बु, गुल्मी, दाङ, कैलाली, बझाङको १/१ तह र अछामको २ तह गरी ८ स्थानीय तह बाहेक सबै स्थानीय तहमा मतगणना भइरहेको हो ।

ताप्लेजुङको एक स्थानमा मतपेटिका आउन बाँकी रहेको र अन्य जिल्लामा राजनीतिक सहमति हुने प्रक्रियामा रहेकोले मतगणनामा ढिलाई भएको आयोगका सहसचिव एवं प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।


प्रतिक्रिया

ताजा खबर

More

पत्रकार दिलभुषण पाठक काठमाडौंबाट पक्राउ

काठमाडाैं, जेठ २८ । पत्रकार दिलभुषण पाठकविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी.....