आज फागुन ११ गते बुधबार एमाले अध्यक्ष ओलीको जन्मदिन, संसद् भवन भित्र चक्लेट वितरण

काठमाडौं, फागुन ११ ।
पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आज ६६ औ जन्मदिन हो । ओलीले आज जन्मदिन व्यवस्थापिका संसद् भवन नयाँ बानेश्वरमा पार्टी नेता कार्यकर्ता र सांसद्हरूलाई चक्लेट वितरण गरि मनाएका छन् ।
ओली २००७ साल फागुन ११ गतेको दिन झापामा जन्मिएका हुन् । एमाले संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकमा निकै हँसिलो मुद्रामा संसद् भवन छिरेका ओलीले एमाले सांसद्हरूलाई चक्लेट बाँड्दै खुसी साट्नुभएको थियो ।
२०२२ सालदेखि कम्यूनिष्ट पार्टीबाट राजनीति सुरु गरेका ओलीले २०२६ सालमा पार्टी सदस्यता प्राप्त गरेका थिए । २०२८ सालको झापा बिद्रोहको नेतृत्व गर्ने नेताहरू मध्ये एक ओलीले १४ बर्ष जेल जीवन बिताएका छन् ।
प्रतिक्रिया