निर्वाचनको वातावरण तयार पारी सबै पक्षबीच विश्वासको वातावरण बनाउन नयाँ शक्तिको माग

प्रकाशित मिति: ११ फाल्गुन २०७३, बुधबार १४:५२


काठमाडौं, फागुन ११ ।
नयाँ शक्ति पार्टी, नेपालले चुनावको निम्ति आवश्यक वातावरण तयार पारी सबै पक्षबीच विश्वासको वातावरण बनाउन सरकारसँग माग गरेको छ ।

पार्टीका संयोजक डा. बाबुराम भट्टराईले बुधबार एक प्रेस विज्ञप्ति जारी गरी जारी संविधानप्रति असन्तुष्ट पक्षको माग सम्बोधन गर्न, संविधान संशोधन तथा प्रदेशको सीमांकनको विषय हल गर्दै स्थानीय तह पुनःसंरचनाको विवाद अन्त्य गर्न सरकारसँग माग गरेका छन् ।

स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचनका लागि सर्वपक्षीय सरकारको गठन गर्न आग्रह गर्दै उनले भौगोलिक अखन्डताको संरक्षण गरी राष्ट्रिय एकता सुदृढ गर्न स्थिरता र विकासको सुनिश्चितताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्ने बताएका छन् ।

संयोजक डा. भट्टराईले निर्वाचनमा हुने भ्रष्टाचार, अनियमितता रोक्न र सबैको पहुँच कायम गर्न निर्वाचन खर्च निश्चित मापदन्डका आधारमा राज्यकोषबाट व्यहोर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिँदै समय र खर्चको मितव्ययिता अपनाउन संघ, प्रदेश र स्थानीय तह तीनवटैको निर्वाचन एकैचोटी सम्पन्न गर्न माग गरेको हो ।


प्रतिक्रिया


ताजा खबर

More

अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ

काठमाडाैं, चैत २८ । अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका.....