डोलेश्वर महादेवमा ३८ दिने श्रावणी मेलाको तयारी पुरा

प्रकाशित मिति: ३१ असार २०७४, शनिबार १२:५७


भक्तपुर, असार ३१ ।
धार्मिक तथा पर्यटकियस्थल केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरमा भोलि श्रावण १ गतेदेखि भाद्र ६ गतेसम्म ३८ दिने श्रावणी मेला लाग्ने भएको छ ।
उक्त मेलाको लागि आवश्यक तयारी पुरा भैसकेको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका सचिव एवं प्रचार–प्रसार उपसमितिका संयोजक मोहन बल्लले जानकारी दिएको छ ।

३८ दिने उक्त मेलाको लागि यस समितिले सुरक्षा व्यवस्थाका साथै मन्दिर दर्शनका लागि आउने स्वदेशी तथा विदेशी भक्तजनहरूको सजताका लागि लाईनमा कुपन प्रणालीको व्यवस्थाका साथै ट्राफिक, यातायात, स्वास्थ्य शिविर, खानेपानी लगायतको बन्दोबस्ती मिलाएको उनले बताए ।

उनकाअनुसार यो बर्षको मेलामा २० लाखबढी भक्तजनहरूले यस मन्दिरमा पुजाआजा गर्नुका साथै दर्शन गर्ने छन् । गत वर्षपनि यतिकै हाराहारीमा भक्तजनहरू आएका थिए ।

उनले अहिलेको मेलामा दुई करोड बराबरको रकम संकलन हुने र उक्त रकम मन्दिर निर्माण तथा व्यवस्थापनमै खर्च गरिने बताएको छ ।

उनले भोलि श्रावण १ गते विहान ७ बजे चन्द्र विनायक मन्दिरदेखि डोलेश्वर मन्दिर परिसरसम्म कलशयात्रा गरी ३८ दिने मेलाको शुरुवात गरिने भएको बताए । उक्त मेलामा करिब २० लाख रुपैयाँ खर्च हुने बताइएको छ ।

कार्यक्रममा समितिका अध्यक्ष बिदुरमान सिंह बस्नेत, बरिष्ठ उपाध्यक्ष किरण थापा, महासचिव मोहन गिरी, कोषाध्यक्ष विश्वराम थापालगायतले बोल्नु भएको थियो ।

गत वर्ष लगेको उक्त मेलाबाट संकलन भएको करिब एक करोड रुपैयाँ अहिले डोलेश्वर परिसरमा रहेको मुख्य लगायतका सहायक मन्दिर र अन्य भवनहरू निर्माणको काम भैरहेको छ ।

यो मन्दिर उपत्यककै धार्मिक तथा ऐतिहासिक मन्दिरका रूपमा रहेको छ । यहाँ हरेक सोमबार विशेष पुजा गरिदैं आईरहेको जनाएको छ ।

 


प्रतिक्रिया


ताजा खबर

More

अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ

काठमाडाैं, चैत २८ । अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका.....