डोलेश्वर महादेवमा श्रावणी मेला सुरु, आज कलश यात्रा

भक्तपुर, श्रावण १ ।
केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आजबाट श्रावणी मेला सुरु भएको छ । आज विहान पौखेलका पीपल चौतारीबाट चन्द्रविनायक गणेश मन्दिर हुँदै डोलेश्वर महादेव मन्दिर परिसरसम्म कलश यात्रा सम्पन्न भएको छ ।
सूर्यविनायक नगरपालिका वडा नं. ८ मा अवस्थित उक्त मन्दिरमा आजदेखि सञ्चालन भएको मेला भाद्र ६ गतेसम्म नियमित रूपमा चल्ने केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका सचिव तथा प्रचार–प्रसार समितिका संयोजक मोहन बल्लले जानकारी दिएको छ ।
आज विहान गरिएको कलशयात्रापछि मन्दिर परिसरमा आयोजित एक कार्यक्रमकाबीच श्रावणी मेलाको औपचारिक रूपमा उद्घाटन भएको हो ।
उक्त कार्यक्रममा पुर्वमन्त्री महेश बस्नेत, सुर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा, स्वामी चुडामणि महाराज लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया