श्रावणको पहिलो सोमबार डोलेश्वरमा भक्तजनको भीड

प्रकाशित मिति: २ श्रावण २०७४, सोमबार १०:५१


भक्तपुर, श्रावण २ ।
श्रावण महिनाको पहिलो सोमबार आज केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरमा भक्तजनको बाक्लै भीड देखिएको छ ।

भगवान शिवको भब्य आराधना ,तिर्थ व्रत गर्ने महिना भएकाले डोलेश्वर महादेव मन्दिरमा भक्तजनको भीड लागेको छ । यस मेलामा काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेका विभिन्न ठाउँबाट भक्तजनहरू दर्शन गर्न आएका छन् ।

मन्दिरमा बिहान ३ बजेदेखि भक्तजनहरू पुजा–आजा तथा मन्दिर दर्शनका लागी लाईनमा पालो कुरिरहेका थिए ।
२०६६ साल भाद्र ६ गते केदारनाथको शिर घोषणा गरिएपछि हरेक वर्षको श्रावण महिनाभरी मन्दिरमा पूजा पाठका लागि भक्तजनको भीड लाग्ने गरेको छ ।

यसैबीच केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको आयोजनमा हिजो आइतबारबाट ३८ दिने श्रावणी मेला सञ्चालन भईरहेको समितिका सचिव एवं प्रचार प्रसार समितिका संयोजक मोहन बल्लले बताए ।

यस महिनाको पाँचैवटा सोमबार परेकाले शिवको आराधना अनि जल चढाउने कामनाका साथ अझ बढी भक्तजनले यहाँ दर्शन गर्नु हुने उनले जानकारी दिए ।


प्रतिक्रिया


ताजा खबर

More

अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ

काठमाडाैं, चैत २८ । अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका.....