फिफाको विश्व वरियताको शीर्ष स्थानमा ब्राजिल

प्रकाशित मिति: २६ श्रावण २०७४, बिहीबार १८:०४


काठमाडौं, श्रावण २६ ।
नेपाल फिफाको विश्व वरियतामा एक स्थान माथि उक्लिएको छ । फिफाले आज सार्वजनिक गरेको वरियताअनुसार नेपाल एक सय ७० औं स्थानबाट एक सय ६९ औं स्थानमा उक्लिएको हो ।

नयाँ वरियताअनुसार पनि नेपाल दक्षिण एसियामा पाँचौं स्थानमा यथावत रहेको छ । नेपालभन्दा अघि भारत, माल्दिभ्स, अफगानिस्तान र भुटान रहेका छन् ।

वरियताको शीर्ष स्थानमा भने ब्राजिलले जर्मनीलाई पछि पारेको छ । अर्जेन्टिना तेस्रो स्थानमा यथावत रहँदै चौथोमा क्रमशः स्विजरल्याण्ड, पोल्याण्ड, पोर्चुगल, चिली, कोलम्बिया, बेल्जियम र फ्रान्स दशौंमा छन् ।


प्रतिक्रिया


ताजा खबर

More

स्वास्थ्य मन्त्रालयद्वारा नागरिकले निःशुल्क रूपमा पाउने सेवाको विवरण सार्वजनिक

काठमाडाैं, चैत २९ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकले निःशुल्क रूपमा प्राप्त.....

देशभर आंशिक बदली, केही स्थानमा हल्का वर्षा

काठमाडाैं, चैत २९ । अहिले देशमा.....