राष्ट्रपति भण्डारीद्वारा कृष्ण जन्माष्टमीको प्रशाद ग्रहण (फोटोफिचर)

ललितपुर, श्रावण ३० ।
आज कृष्ण जन्माष्टमीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा ललितपुरको मंगलबजारस्थित कृष्ण मन्दिरमा दर्शन गर्नुका साथै प्रशाद ग्रहण गरी अवलोकन गरेकी छन् ।
हरेक वर्ष कृष्णाष्टमीको अवसरमा राष्ट्रप्रमुखले दर्शन गर्ने प्रचलन रही आएको छ । राष्ट्रपति भण्डारीलाई स्वागत गर्न ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, उपमेयर गीता सत्याल, वडाअध्यक्षहरूलगायत विशिष्ट व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
फोटो : लक्ष्मी श्रेष्ठ ।
प्रतिक्रिया