फरार भनिएका धवलशम्शेर अदालतमा हाजिर, मिश्र भने सम्पर्क विहीन

काठमाडाैं, असार २ ।
फरार भनिएका राप्रपाका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य डा. धवलशम्शेर राणा काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन् । उनी अदालतमा हाजिर भएलगत्तै न्यायाधीश शिवप्रसाद खनालको इजलासमा बयान सुरु गर्ने तयारी छ ।
अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठकाअनुसार राणा आज सोमबार बिहान आफैँ अदालत आएका हुन् । उनको बयान लिएर सकिएपछि बहस हुने र न्यायाधीशबाट थुनछेकसम्बन्धी आदेश आउने छ ।
राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र भने अझै सम्पर्कमा छैनन् ।
गत चैत १५ गते राजावादीहरूले तीनकुनेमा आयोजना गरेको प्रदर्शन हिंसात्मक बनाउन भूमिका खेलेको आरोपमा प्रहरीले मिश्र र राणालाई पक्राउ गरी मुद्दा चलाएको थियो । राणा र मिश्र हाजिरी जमानीमा छुटेका थिए ।
प्रतिक्रिया