बेनी अस्पताललाई एम्बुलेन्स सहयोग

म्याग्दी, भाद्र ३ ।
म्यमग्दीको सदरमुकाममा रहेको बेनी अस्पताललाई स्वास्थ्य मन्त्रालयबाट एम्बुलेन्स सहयोग गरेको छ ।
जिल्ला अस्पतालको मातहत सञ्चालन हुने गरी मन्त्रालयले उपलब्ध गराएको एम्बुलेन्सले शुक्रबारदेखि सेवा सुरु गरेको छ ।
सो एम्बुलेन्स हस्तान्तरण गर्दै पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाका प्रमुख राजनीतिक सल्लाहकार प्रताप पौडेलले मन्त्रालयले एम्बुलेन्सलाई व्यवस्थित रूपमा सञ्चालनका लागि निर्देशिका तयार पारेको जानकारी दिँदै अब हरेक अञ्चल र जिल्ला अस्पतालमा सुविधायुक्त एम्बुलेन्स भित्रने बताए ।
अस्पतालको पुरानो एम्बुलेन्स बिग्रिएर सेवा दिन नसक्ने अवस्थामा पुगेको समयमा मन्त्रालयबाट प्राप्त नयाँ एम्बुलेन्सले बिरामीलाई लान सहयोग पुग्ने अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए ।
प्रतिक्रिया