प्रधानमन्त्री राहत कोषमा माओवादी केन्द्रद्वारा ३५ लाख सहयोग

प्रकाशित मिति: ७ भाद्र २०७४, बुधबार ११:५८


काठमाडौं, भाद्र ७ ।
नेकपा (माओवादी केन्द्र)ले आफ्नो सांसदहरूको एक महिनाको पारिश्रमिक बाढी/पहिरोपीडितका लागि प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई आज प्रम निवास बालुवाटारमा केन्द्रका अध्यक्ष एवं पूर्वप्रम पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रु.३४ लाख ९९ हजार दुई सय ६० हस्तान्तरण गरेको नेकपा (माओवादी केन्द्र) संसदीय दलका प्रमुख सचेतक रेखा शर्माले जानकारी दिइन् ।

दलका तर्फबाट मन्त्रिमण्डलमा सहभागी उप्रधानमन्त्री तथा मन्त्रीहरूको पनि मन्त्रिपरिषद्को निर्णयअनुसार एक महिनाको पारिश्रमिक कोषमा जम्मा गरिने उनले जानकारी दिए ।

हस्तान्तरण कार्यक्रममा सो दलका उपनेता टोपबहादुर रायमाझी, प्रमुख सचेतक शर्मा, सचेतक सीता नेपाली तथा नेताहरू हरिवोल गजुरेल, अग्नी सापकोटा र शक्तिबहादुर बस्नेतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

राप्रपा महामन्त्री धवल शमशेरलाई ३ लाख धराैटीमा छाड्न अदालतकाे आदेश, धराैटी बुझाएर रिहा

काठमाडाैं, असार २ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणालाई धरौटीमा.....