अलबिदा स्टाटस लेखेर सम्पर्क विहीन डा. श्रेष्ठ बालाजुबाट सकुशल फेला

काठमाडाैं, असार २ ।
सामाजिक सञ्जाल फेसबुकमा अलबिदा लेखेर सम्पर्क विहीन भएका डा. केशव श्रेष्ठ सकुशल फेला परेका छन् ।
उनी बालाजु क्षेत्रमा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनले फेसबुकमा लामो स्टाटस लेख्दै आफूले आत्महत्या गर्न लागेको बताएपछि प्रहरीले उनको खोजी कार्य अगाडि बढाइएको थियो ।
हाल उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने स्टाटस बारे सोधपुछ पछि परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया