विदेश मन्त्री सुष्मा स्वराजद्वारा प्रधानमन्त्री देउवाको स्वागत

काठमाडौं, भाद्र ७ ।
प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिवसीय राजकीय भ्रमणको क्रममा केही समयअघि नयाँ दिल्ली आइ पुगेका छन् ।
उनलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश मन्त्री सुष्मा स्वराजले स्वागत गरेका थिए ।
भारतीय प्रम नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा धर्मपत्नी डा.आरजू राणा देउवाका साथ ४८ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्वको गर्दै प्रधानमन्त्री देउवा भारत भ्रमणमा पुगेका थिए ।
प्रतिक्रिया