नर्भिकको सहयोगमा कुमारी बैंकद्वारा कर्मचारी एवं ग्राहकहरूको स्वास्थ्य जाँच

प्रकाशित मिति: ७ भाद्र २०७४, बुधबार १९:२६


काठमाडौं, भाद्र ७ ।
नर्भिक इन्टरनेशनल अस्पताल र कुमारी बैंक लिमिटेडबीच आफ्ना कर्मचारी, तीनका पारिवारिक सदस्य तथा ग्राहक वर्गको उच्चस्तरीय स्वास्थ्य जाँच गराउने सिलसिलामा यी दुईबीच आज आपसी सहमति भएको छ ।

उक्त सहमतिअनुसार सुरुमा कुमारी बैंकले पुतलीसडक शाखाका कर्मचारीहरू, तीनका पारिवारिक सदस्य र आफ्ना ग्राहकमध्ये उपस्थित केही गरी करिब ५० जनाभन्दा बढी सदस्यको पुतलीसडक शाखामा आज एक विशेष स्वास्थ्य जाँच शिविरको आयोजना गरिएको हो । रोग रोकथाम एवं रोग सुरुवाती अवस्थामै पत्ता लगाई आफ्ना कर्मचारी एवं तीनका आफन्तको राम्रो स्वास्थ्य स्थितिको सुनिश्चितता गर्ने अभिप्रायले सो शिविरको आयोजना गरिएको जनाएको छ ।

“स्वास्थ्य नै धन हो” र राम्रो स्वास्थ्ययुक्त मानव संशाधन सबै संघ संस्था एवं समाजकै निमित्त अपरिहार्य विषय हो । सुरुवाती योजनाअनुसार आज परीक्षण गरिएका कर्मचारी एवं अन्य व्यक्तिहरूका लागि कम्तीमा एक सातासम्मका लागि अति विशिष्ट छुटमा थप परीक्षण नर्भिकमा गराउन सक्ने जनाएको छ ।

पुतलीसडक शाखाका साथसाथै कुमारी बैंकका अन्य शाखाका कर्मचारी, तीनका पारिवारिक सदस्यहरू एवं ग्राहक वर्गले समेत यो योजनाबाट लाभ उठाउन सक्ने बैंकले विज्ञप्ती जारी गरी सो कुराको जानकारी दिएको छ ।


प्रतिक्रिया


ताजा खबर

More

अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ

काठमाडाैं, चैत २८ । अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका.....