प्रम देउवाद्वारा नेपालमा लगानी गर्न आग्रह

प्रकाशित मिति: ८ भाद्र २०७४, बिहीबार ०५:५१


नयाँ दिल्ली, भाद्र ८ ।
मित्रराष्ट्र भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय उद्योगी व्यावसायीलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।

भारतको राजकीय भ्रमणका क्रममा रहेका प्रधानमन्त्री देउवाले बुधबार साँझ भारत–नेपाल विजनेश फोरमद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने, “हामी नेपालमा लगानीका लागि स्वागत गर्छौं, नेपालमा आउनुस्, लगानी गर्नुस्, रोजगारीका अवसरहरू सिर्जना गर्नुस् र उद्यमशीलताका नयाँ आयामहरूको निर्माण गर्नुस् ।”

नेपालले ठूलो मात्रामा वैदेशिक लगानीका लागि कानूनी व्यवस्था गरेको उल्लेख गर्दै लगानी बोर्डको माध्यमबाट अरुण तेश्रो र माथिल्लो कर्णालीजस्ता ठूला आयोजनाहरूको सफल सुरुवात गर्नाका साथै हालै नेपालमा लगानी सम्मेलनको आयोजना गरी करिब १४ अर्ब अमेरिकी डलर बराबरको लगानीको प्रतिबद्धता प्राप्त हुनु पनि नेपालमा लगानीका लागि देखिएको सकारात्मक वातावरण रहेको बताए ।

नेपालमा पछिल्ला राजनीतिक परिवर्तनसँगै राजनीतिक स्थिरता प्राप्त भएको, नयाँ संविधान लागू भएसँगै देश अब समृद्धिको मार्गमा अघि बढेकाले लगानीको वातावरण बनेको पनि उनले स्पष्ट पारे ।

प्रधानमन्त्री देउवाले भारत र चीनजस्ता विश्वका ठूला अर्थतन्त्रको एक छिमेकीका रूपमा रहेको नेपाल पर्यटन, व्यापार, लगानीजस्ता क्षेत्रका लागि दरिलो सम्भावना भएको देशका रूपमा रहेको उल्लेख गर्दै यसका लागि बढीभन्दा बढी मात्रामा वैदेशिक लगानी भित्र्याउन के–कस्तो वातावरण बनाउनुपर्छ त्यसका लागि नेपाल सरकार तयार रहेको पनि प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले आफू करिब २० वर्षअघि प्रधानमन्त्री हुँदा हाल भारतले सुरु गरेको जीएसटी कर प्रणालीजस्तै भ्याट कर प्रणाली नेपालमा लागू गरेको स्मरण गर्दै हाल नेपालले आर्थिक विकास र सुधारको नयाँ अभियान सुरु गरिसकेको जानकारी दिए ।

उनले भने, “वैदेशिक लगानी, सार्वजनिक निजी साझेदारी, विशेष आर्थिक क्षेत्रको विकास, औद्योगिक विस्तार, श्रम, बैंकिङजस्ता कैयौं क्षेत्रका लागि आवश्यक नीति र कानूनी सुधारका काम गरिएको छ जसले नेपालमा लगानीका लागि आवश्यक वातावरण निर्माणमा सघाउ पु¥याउने छ ।”

सोही कार्यक्रममा भारतको पेट्रोलियम र प्राकृतिक ग्याँससम्बन्धी राज्यमन्त्री धर्मेन्द्र देवेन्द्र प्रधानले नेपालले सुरक्षा दिन सक्ने हो भने नेपालको साझेदारीमा भारतले ग्याँसको पाइपलाइन बिच्छ्याउने र यसले दुबै देशको हित गर्ने बताएका छन् ।

नेपाल उद्योग बाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले नेपालमा लगानीको वातावरण बन्दै गएको र नेपाल सरकारले निजी क्षेत्रको विकासका लागि आवश्यक नीति र वातावरण पनि बनाएको भन्दै नेपालमा संयुक्त लगानीका लागि विदेशी लगानीकर्तालाई आग्रह गरेकी छन् ।


प्रतिक्रिया

ताजा खबर

More

राप्रपा महामन्त्री धवल शमशेरलाई ३ लाख धराैटीमा छाड्न अदालतकाे आदेश, धराैटी बुझाएर रिहा

काठमाडाैं, असार २ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणालाई धरौटीमा.....