प्रधानमन्त्री देउवालाई भारतमा ‘गार्ड अफ अनर’

प्रकाशित मिति: ८ भाद्र २०७४, बिहीबार ११:११


काठमाडौं, भाद्र ८ ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँदिल्लीमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । भारतको पाँच दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री देउवालाई राष्ट्रपति भवनमा ‘गार्ड अफ’ अनर प्रदान गरिएको छ । राजकीय सम्मान ग्रहणका लागि राष्ट्रपति भवनको प्रागणमा पुग्दा देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले स्वागत गरेका थिए ।

‘गार्ड अफ अनर’ लिएपछि देउवा महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धान्जली अपर्ण गर्न जानेछन् । त्यहाँबाट १०ः३० देखि आधा घन्टा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले उनलाई शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

देउवा र मोदीबीच बिहीबार ११ः३० बजे हैदराबाद हाउसमा ‘वान टु वान’ वार्ता हुने छ । त्यसलगत्तै देउवा र मोदीको उपस्थितिमा प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता १२ बजेदेखि १ घन्टा सम्म हुनेछ । १ः१० मा संयुक्त पत्रकार सम्मेलनमा देउवा र मोदीको सहभागिता रहने छ ।
३ बजे गृहमन्त्री राजनाथ सिंह, ३ः३५ मा अर्थमन्त्री अरुण जेट्लीले देउवालाई भेट्नेछन् । त्यसपछि देउवाले राष्ट्रपति रामनाथ कोविन्द र उपराष्ट्रपति बैंकहाय नायडुसँग भेट गर्नेछन् ।

साँझ देउवासँग भारतीय कांग्रेस अध्यक्ष सोनिया गान्धी तथा पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहले भेट्ने कार्यक्रम तय गरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज औपचारीक तथा महत्वपूर्ण भेटघाट गर्ने लगायत महत्वपूर्ण समझदारी पनि हुने जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

राप्रपा महामन्त्री धवल शमशेरलाई ३ लाख धराैटीमा छाड्न अदालतकाे आदेश, धराैटी बुझाएर रिहा

काठमाडाैं, असार २ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणालाई धरौटीमा.....