प्रधानमन्त्री देउवाद्वारा भारतका विशिष्ट नेताहरूसँग भेटघाट

प्रकाशित मिति: ९ भाद्र २०७४, शुक्रबार १२:२८


नयाँ दिल्ली, भाद्र ९ ।
मित्रराष्ट्र भारतको औपचारिक राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग आज राष्ट्रपति भवनमा भारतका प्रमुख राजनीतिक दलका विशिष्ट नेताहरूले भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री देउवासँग भारतीय जनता पार्टीका महामन्त्री राम माधव र सुब्रमण्यम स्वामी, जनता दल युनाइटेडका नेताद्वय केसी त्यागी र शरद यादव, भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)का नेता सीताराम येचुरी तथा बहुजन समाज पार्टीका नेता सुरेश भदौरियाले भेटवार्ता गरेका थिए ।

साथै प्रधानमन्त्री देउवासँग भारतीय सुरक्षा सल्लाहकार अजित दोभालले पनि भेट गर्नुभयो । उनीहरूबीच नेपाल र भारतबीचको द्विपक्षीय हित, समसामयिक राजनीति, नेपाल–भारत सम्बन्धलगायतका विषयमा छलफल भएको भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले जानकारी दिए ।


प्रतिक्रिया

ताजा खबर

More

राप्रपा महामन्त्री धवल शमशेरलाई ३ लाख धराैटीमा छाड्न अदालतकाे आदेश, धराैटी बुझाएर रिहा

काठमाडाैं, असार २ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणालाई धरौटीमा.....