अब मेची अञ्चल अस्पतालमा निःशुल्क होमोडायलोसिस सेवा

प्रकाशित मिति: ९ भाद्र २०७४, शुक्रबार १५:३७


झापा, भाद्र ९ ।
मेची अञ्चल अस्पतालमा निःशुल्क होमोडायलोसिस सेवा सुरु भएको छ । नेपाली कांग्रेसका नेता तथा झापाका सांसद कृष्णप्रसाद सिटौलाले आज एक कार्यक्रममा सो सेवाको शुभारम्भ गरेका हुन् ।

मेची अस्पतालमा सुरु भएको यो सेवाले विपन्न मिर्गौला रोगीका लागि सहज रूपमा सेवा उपलब्ध हुने विश्वास व्यक्त गर्दै उनले डायलोसिस गर्न नपाएर अकालमै मृत्यु हुनुपर्ने अवस्था यो सेवाले अन्त्य गर्ने बताए ।

स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको रु.५० लाखको लागतमा होमोडायलोसिस सेवा सञ्चालन गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट पिताम्बर ठाकुरले जानकारी दिए । चारवटा मेसिनबाट सेवा सुरु गरिएको र दैनिक कम्तीमा आठ जनाले सेवा पाउने उनले बताए ।

उक्त अस्पतालले आजैदेखि भिडियो इण्डोस्कोपी सेवा पनि सञ्चालनमा ल्याएको छ । रु.३० लाखको लागतमा सो उपकरण खरिद गरी सेवा सुरु गरिएको अस्पताल विकास समितिका अध्यक्ष राम कट्टेलले जानकारी दिए ।

भिडियो इण्डोस्कोपी सेवा सुरु भएसँगै ग्याष्ट्रिक, अल्सर, क्यान्सरलगायत रोगको पहिचान र उपचार गर्न सहज हुने डा.ठाकुरले बताए ।


प्रतिक्रिया


ताजा खबर

More

अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ

काठमाडाैं, चैत २८ । अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका.....