दाङ्गमा पाँचजना डेङ्गुका बिरामी भेटियो, लामखुट्टेको टोकाईबाट बच्न चिकित्सकको सुझाव

प्रकाशित मिति: १० भाद्र २०७४, शनिबार १४:१४


दाङ, भाद्र १० ।
दाङको तुलसीपुर नगरपालिकामा डेङ्गुका बिरामी फेला परेका छन् । तुलसीपुरस्थित सिटी अस्पतालमा पाँचजना डेङ्गु रोगका बिरामी फेला परेका हुन् ।

अस्पतालमा उपचारका लागि आएका बिरामीको रगतको गरिक्षण गर्दा डेङ्गुको संक्रमण फेला परेको अस्पतालका डा.सुवोधकुमार शर्माले जानकारी दिए ।

तुलसीपुर–५ र ६ का एक पुरुष र दुई महिला त्यसैगरी शान्तिनगर गाउँपालिकाका र मानपुर–४ मा दुईजना महिलामा डेङ्गु रोग फेला परेको हो । अस्पतालमा भर्ना भएकामध्ये दुईजना महिला उपचारपछि घर फर्केको र दुई महिला र एक पुरुषको अस्पतालमा उपचार भइरहेको डा.शर्माले जानकारी दिए ।

लामखुट्टेको टोकाईबाट लाग्ने यो रोगबाट बच्न सरसफाईमा ध्यान दिनुपर्ने चिकित्सकहरूको सुझाव छ । यस अघिपनि उक्त जिल्लामा १३ जना डेङँगु रोगका विरामीहरू फेला परेका थिए ।

 


प्रतिक्रिया


ताजा खबर

More

अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ

काठमाडाैं, चैत २८ । अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका.....