बलिउड चर्चित नायक खानले फ्यानको मोबाइल फुटालेपछि…

काठमाडौं, भाद्र १९ ।
बलिउडका एक चर्चित नायक सलमान खानले आफ्ना फ्यानको मोबाइल फुटाली दिएका छन् । उक्त घटनाले अभिनेता खानको मुड वास्तवमा प्रायजसो ठीक हुँदैन भन्ने कुरासमेत प्रष्ट पारेको छ ।
घटना हो हालै मात्र सम्पन्न भएको एक अवार्ड समारोहमा बलिउड नायक खानले फ्यानको मोबाइल खोसेर फुटाई दिएका थिए । उक्त अवार्ड समारोहमा खानले आफ्ना साथीहरूसँग कुराकानी गरिरहेका थिए ।
सोही क्रममा उनका फ्यान आएर उनलाई आफ्नो फोन देखाउन थाले । उनको आग्रहलाई अस्वीकार गर्दै सलमान पुनः साथीसँग कुराकानीमा व्यस्त नै रही रहे । तर, उनका फ्यानले फेरी आफ्नो मोबाइल देखाएर फोनको चर्चा गर्न छाडेनन् ।
त्यसपछि आक्रोशित बनेका खानले फ्यानको हातबाट मोबाइल खोसेर भुँईमा फ्याकिदिएका थिए । सो घटनापछि खान नजिकै रहेका आफ्नै दर्शकहरूले चारैतिरबाट घेरिन पुगेका थिए ।
प्रतिक्रिया