कंगना र ऋतिकको विवादमा सुज्यानको प्रतिक्रिया

प्रकाशित मिति: १९ भाद्र २०७४, सोमबार १७:३८


एजेन्सी, भाद्र १९ ।
बलिउडमा यतिबेला कंगना रणावत र ऋतिक रोशनको विवादले हंगामा मच्चाइरहेको छ । ऋतिकसँगको सम्बन्धलाई रजत शर्माको कार्यक्रम ‘आपकी अदालत’ मा कंगनाले सबै रहस्य खोलिदिएपछि बलिउडमा हंगामा मच्चिएको हो ।

ऋतिकसँग सन् २०१४ मा डिभोर्स गरेकी सुज्यानले फेरी पतिको पक्षमा बोलेकी छन् । उनले ट्विइट गर्दै आफ्नो प्रतिक्रिया दिएकी हुन् ।

उनले ट्विइट गर्दै भने, ‘कुनै पनि आरोप वा षड्यन्त्र त्यति बलियो हुँदैन । एउटा राम्रो आत्मा भएको व्यक्तिलाई यस्ता नराम्रो कुराले खासै फरक पार्दैन । जित सधैं राम्रो आत्माको हुन्छ ।’

उनीहरूको डिभोर्स भएता पनि बच्चाहरूका कारण बेलाबेलामा भेटघाट गरिरहेको हुन्छ । तर, सुज्यानले यो पहिलो पटक ऋतिकलाई समर्थन गर्दै लेखिएको हो ।

कंगनाले भने, दुई वर्षसम्म ऋतिक र उनका बुबा राकेश रोशनले जालो बुनेर आफूलाई प्रयोग गरिरहेको, ऋतिकले डिभोर्स गरेपछि आफुसँग विवाह गर्ने झुटा कुरा गरिरहेको र राकेश रोशनले कंगनालाई एक्सपोज गर्ने समेत धम्की दिइएको रहस्य बताएकी थिइन् । उनीहरूको विवाद कहाँसम्म पुग्ने हो सबैको चासोको विषय बनेको छ ।


प्रतिक्रिया


ताजा खबर

More

स्वास्थ्य मन्त्रालयद्वारा नागरिकले निःशुल्क रूपमा पाउने सेवाको विवरण सार्वजनिक

काठमाडाैं, चैत २९ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकले निःशुल्क रूपमा प्राप्त.....

देशभर आंशिक बदली, केही स्थानमा हल्का वर्षा

काठमाडाैं, चैत २९ । अहिले देशमा.....