हाँस्य टेलिसिरियल ल्याप्चेले १०० औँ भाग पूरा गरेको अवसरमा स्वर्ण उत्सव

प्रकाशित मिति: २० भाद्र २०७४, मंगलवार १७:५३


काठमाडौं, भाद्र २० ।
एनटिभि प्लसबाट हरेक शनिबार बेलुका ८ः३० बजे र पुनः आइतबार दिउँसो १२ः३० बजे प्रसारण भईरहेको हाँस्य टेलिसिरियल ल्याप्चेले १०० औँ भाग पूरा गरेको अवसरमा स्वर्ण उत्सव मनाइएको छ ।

बागबजार काठमाडौंमा आयोजित उक्त कार्यक्रममा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी शुभकामना आदानप्रदान गरिएको थियो । विभिन्न मिडिया र हाँस्य कार्यक्रमहरूको प्रतिस्प्रधनका बीच पनि छुट्टै पहिचान बनाएको यस सिरियलले आफ्नो उत्सब पनि छुट्टै पहिचान बनाएको यस सिरियलले आफ्नो उत्सब पनि छुट्टै तरिकाले मनाएको छ ।

आफ्नो जन्मउत्सवको अवसर पारी आयोजना गरिएको कार्यक्रममा गोरखा जिल्ला स्वाँरा गाउँमा रहेको दृष्टि बिहिन बालबालिकाहरूको लागी सहयोगार्थ विभिन्न सामान वितरण गरी सबै कलाकारहरूले एक साथ केक काटेर शुभकामना आदानप्रदान गरेका थिए ।

मनोरञ्जन गराउनु माग नभई समाजमा आपद विपद र दुर्घटना परेको अवस्थामा पनि ल्याप्चे परिवारले एक जुट भई सहयोग गर्दै आएको छ ।

सन् २०७२ साल भाद्र २० गतेबाट आधिकारिक सुरु भएको यस टेलिसिरियलका लेखक दिलिप तामाङ, निर्माता मित्रलाल तामाङ, क्यामराम्यान मरुभूमि नारायण र निर्देशक लक्ष्मण लम्साल र टिकाराम आले रहेका छन् भने मुख्य कलाकारहरूमा रोहित कार्की, दिलिप तामाङ, देव बहादुर शाहि, हेमा शाहि, देवी आले लक्ष्मण चौलागाई, राजकुमार श्रेष्ठलगायत विदेशी कलाकार एलिना हार्डियमसमेत रहेका छन् ।

१) २०७१ साल चैत्रबाट सुटिङ सुरु
२) २०७२ साल भाद्र २० बाट आधिकारिक प्रसारण सुरु ।
३) भूकम्प, नाकाबन्दिका बाबजुद पनि निरन्तर अगाडि ।
४) मनोरञ्जन मात्र नभई विभिन्न सामाजिक कार्य गरेको ।
५) भूकम्प, पिडित, अनाथ तथा बाढिपीडितलाई सहयोग गरेको ।
६) २०७४ सालको तराइमा गएको बाढि पहिरोमा परेका घरपरिवारलाई राहत वितरण
७) उर्लाबारी ९ मोरङका बाढिपीडितहरूलाई करिब दुई लाख बराबरको जिन्सी सामान वितरण गरेको ।


प्रतिक्रिया


ताजा खबर

More

स्वास्थ्य मन्त्रालयद्वारा नागरिकले निःशुल्क रूपमा पाउने सेवाको विवरण सार्वजनिक

काठमाडाैं, चैत २९ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकले निःशुल्क रूपमा प्राप्त.....

देशभर आंशिक बदली, केही स्थानमा हल्का वर्षा

काठमाडाैं, चैत २९ । अहिले देशमा.....