आलियान्से फ्रान्सेजमा ‘बाँसुरी जुगलबन्दी’ कार्यक्रम आयोजना हुँदै

प्रकाशित मिति: २१ भाद्र २०७४, बुधबार ०८:४०


काठमाडौं, भाद्र २१ ।
ध्रुपद क्याराभान समूहले शास्त्रीय संगीत ‘बाँसुरी जुगलबन्दी’ कार्यक्रम आगामी शुक्रबार आयोजना गर्ने भएको छ ।

संगीतप्रेमी युवा पुस्तालाई लक्षित गर्दै क्याराभान समूहले उक्त कार्यक्रम  शुक्रबार पुल्चोकस्थित आलियान्से फ्रान्सेजको प्राङ्गणमा आयोजना गर्ने भएको छ । कार्यक्रममा आमन्त्रित जापानी कलाकार प्रो. होरोशि नाकागावाको विशेष प्रस्तुती रहने छ । उनलाई जुगलबन्दीमा नेपालका युवा बाँसुरी वादक नगेन्द्र विक्रम राईले साथ दिने भएको छ भने मिलेश तण्डुकारले तबलामा साथ दिनेछन् ।

कार्यक्रममा जापान र नेपालका कलाकारबीचको सांगीतिक अनुभव आदान प्रदान हुने र शास्त्रीय संगीतमा लागेका युवापुस्तालाई प्रेरणा दिने उद्देश्यले उक्त कार्यक्रम आयोजना हुन लागेको आयोजक समूहले जानकारी दिएको छ ।


प्रतिक्रिया


ताजा खबर

More

स्वास्थ्य मन्त्रालयद्वारा नागरिकले निःशुल्क रूपमा पाउने सेवाको विवरण सार्वजनिक

काठमाडाैं, चैत २९ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकले निःशुल्क रूपमा प्राप्त.....

देशभर आंशिक बदली, केही स्थानमा हल्का वर्षा

काठमाडाैं, चैत २९ । अहिले देशमा.....