नेपाल आइडलमा यो हप्ता निःशुल्क भोटिंगको व्यवस्था

प्रकाशित मिति: २१ भाद्र २०७४, बुधबार ११:४९


काठमाडौं, भाद्र २१ ।
नेपाली टेलिभिजन रियालिटी शो नेपाल आइडलमा यो हप्ता प्रतियोगीलाई भोट गर्दा पैसा नलाग्ने आयोजकले बताएका छन् ।

गत हप्ता कार्यक्रमको फरम्याट अनुसार नो एलिमिनेसन एपिसोड भएको थियो । नो इलिमिनेसन डे घोषणा गरिएको कुरालाई लिएर केही दिनदेखि प्रतियोगिता आयोजक, निर्णायक र कर्मचारीलाई अपाच्य र तल्लो स्तरको भाषा प्रयोग गर्दै सामाजिक सञ्जालमा केही दर्शकले गालीगलौज गर्दै आएका छन् ।

सामाजिक संजालमा देखिएका गुनासा सम्बोधन गर्न आयोजकले नेपाल आइडलको एपमार्फत निःशुल्क भोटिंगको व्यवस्था गरेको छ । नेपाल आइडलको एप डाउनलोड गरेर मन परेको नेपाल आइडलका प्रतियोगीलाई पाँचपल्टसम्म भोट दिन सकिने आयोजकले जनाएका छन् ।

त्यस्तै शोमा कुनै पनि मनोमानी नभएको र कार्यक्रम सञ्चालन गर्न दिने फ्रिमेन्टल मिडियाको नियम भन्दा बाहिर गएर प्रतियोगिता सञ्चालन नभएको कम्पनीको दाबी छ । कार्यक्रमका बारेमा केही गुनासा जिज्ञासा भए सभ्य र शीष्ट भाषामा राख्न पनि आयोजकले सबैलाई अनुरोध गरेका छन् ।

नेपाल आइडलमा हाल चार प्रतियोगी बाँकी रहेका छन् । बुद्ध लामा, सागर आले, प्रताप दास र निशान भटटराईमध्ये आउँदो शुक्रबार एक जना बाहिरिने छ । नेपाल आइडलको ग्रान्ड फिनाले सेप्टेम्बर २२ मा कतारमा हुने भएको छ । फिनालेमा टप १२ मा पुगेका सबै प्रतियोगीको सहभागिता रहने आयोजकले जनाएका छन् ।

 


प्रतिक्रिया


ताजा खबर

More

स्वास्थ्य मन्त्रालयद्वारा नागरिकले निःशुल्क रूपमा पाउने सेवाको विवरण सार्वजनिक

काठमाडाैं, चैत २९ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकले निःशुल्क रूपमा प्राप्त.....

देशभर आंशिक बदली, केही स्थानमा हल्का वर्षा

काठमाडाैं, चैत २९ । अहिले देशमा.....