‘जिरे खुसार्नी’ बिहीबारदेखि पुनः नेपाल टेलिभिजनमा प्रसारण हुने

काठमाडौं, भाद्र २२ ।
मिडिया हबको प्रायोजन रहेको हास्य टेलिशृंखला ‘जिरे खुसार्नी’ झन्डै साढे एक वर्षदेखि रोकिएको थियो ।
टेलिशृंखला बिहीबारदेखि पुनः नेपाल टेलिभिजनमै प्रसारण हुने भएको छ । शृंखलाका निर्देशक तथा प्रमुख अभिनेता जितु नेपाल (मुन्द्रे)ले जिरे खुसार्नी अब हरेक बिहीबार साँझ पौने ९ बजे हेर्न पाइने जानकारी दिए ।
विविध कारणले ५१७ भागपछि जिरे खुर्सानी रोकिएको थियो । मुन्द्रेले दर्शकलाई अझ मनोरन्जित तुल्याउने उद्देश्यले पुनः सुरु गर्न लागेको बताएका छन् ।
पहिला जिरे खुसार्नी जितु र शिवहरि पौडेलले संयुक्त रूपमा निर्देशन गर्दथे भने अब जितु एक्लैले निर्देशन गर्नेछन् । जिरे खुर्सानीमा जितुका साथमा राजाराम पौडेल, सविता गुरुङलगायतका कलाकारले अभिनय गरेका छन् ।
प्रतिक्रिया