बलिउड छाड्ने हल्लालाई लिएर प्रियंका चोपडाको कडा जवाब

काठमाडौं, भाद्र २२ ।
बलिउडकी चर्चित नायिकामध्ये एक प्रियंका चोपडा आफ्नो हलिउड प्रोजेक्टलाई लिएर धेरै नै व्यस्त रहेकी छन् । यसैबीच, चोपडाका फ्यानहरू चाहन्छन् की छिट्टै उनी बलिउड फिल्ममा पनि खेलेको हेर्न पाउन् ।
उनी चाँडै नै बलिउड फिल्म गर्ने तरखरमा समेत रहेकी छन् । यो कुरा स्वयं प्रियंका चोपडाले भनेकी छन् । चोपडाले टोरन्टोमा दिएको एक अन्तर्वार्तामा भनेकी छन्, मेरा दर्शकहरूले अर्को वर्ष बलिउडको दुई वटा फिल्ममा देख्न सक्नु हुनेछ ।
बलिउड छाड्न लागेको हल्लालाई उनले नकार्दै भने, ‘बलिउडमा काम गर्नु मेरो पहिलो प्राथमिकता हो । गएको दुई वर्षसम्म हलिउडमा व्यस्त भएका कारण मैले बलिउडमा काम गर्न सकिन । तर। अब म फिल्म खेल्दै छु ।’
मनोरञ्जन क्षेत्र छोटो भन्दै प्रियंकाले आफ्नो इच्छा व्यक्त गर्दै भने, ‘भारत र अमेरिकालाई छाडेर म अष्ट्रेलिया, इङ्गल्याण्डमा काम गर्न चाहन्छु ।’
प्रियंका टोरन्टो इन्टरनेशनल फिल्म फेस्टिबल सोइरी–२०१७ मा गेष्ट अफ अनरमार्फत शामिल भएको थियो । प्रियंका यस्तो एक मात्र भारतीय नायिका हुन् जुन सम्मानबाट सम्मानित भएका थिइन् ।
प्रतिक्रिया